नेपाल-भारत संयुक्त सैन्य अभ्यास भोलिदेखि शुरु

नेपाल-भारत संयुक्त सैन्य अभ्यास भोलिदेखि शुरु

नेपाल-भारत संयुक्त सैन्य अभ्यास भोलिबाट शुरु हुने भएको छ । दुवै देशका उच्च सैनिक अधिकारी सम्मिलित अभ्यास रुपन्देहीको सालझण्डीमा शुरु हुन लागेको हो । दुई हप्तासम्म चल्ने अभ्यासमा भाग लिन भारतीय सेनाबाट ३५० जनाको टोली सुनौली नाका हुँदै हिजो सालझण्डी आइपुगेको छ । अभ्यासमा नेपाली सेनाका तर्फबाट पनि सोही संख्यामा सहभागिता रहनेछ । 

लामो समयदेखि नेपाल र भारतका सैन्यहरुबीच अभ्यास हुँदै आएको छ । प्रतिआतंकवाद,लागूऔषध नियन्त्रण, प्राकृतिक प्रकोप उद्धार व्यवस्थापनलगायतका विषयमा अनुभव,सीप,कला र दक्षता साटासाट गर्ने उद्धेश्यले यस्तो अभ्यास शुरु गरेको नेपाली सेनाले बताएको छ । 

'सूर्य किरण’ नाम दिइएको संयुक्त अभ्यासको यो १६ औँ शृंखला हो । अघिल्लो शृंखला भारतको पिथौरागढमा भएको थियो । सोही अभ्यासको लागि हिजो राती पौने १० बजे नेपाल वायुसेवाको उडान नम्बर  RA 218 मा दिल्लीबाट नेपाली सेनालाई प्राप्त लडाइँका विधि सिकाउने उपकरणको तालिम दिलाउनकाे लागि यताका प्रमुख सेनानी मधुसुदन उपाध्याय र उताका प्रमुख सेनानी निपुल साेराहीसहितको ४ सदस्यीय टाेली काठमान्डौ आइपुगेको र आजै भैरहवा जाने कार्यक्रम छ ।

टिप्पणीहरू