नेपाल एअरलाइन्सका सबै 'क्याबिन क्रू'को सम्झौता नवीकरण हुने

नेपाल एअरलाइन्सका सबै 'क्याबिन क्रू'को सम्झौता नवीकरण हुने

नेपाल वायुसेवा निगममा कार्यरत सबै क्याबिन क्रूको करार सम्झौता नवीकरण हुने भएको छ । निगम व्यवस्थापन पक्ष र क्याबिन क्रू संघबीच आज भएको छलफलले सम्झौता नवीकरण गर्ने सहमति जुटाएको हो । 

संघले व्यवस्थापन निकटको मात्र सम्झौता नविकरण गरेको र बाँकीको बेवास्ता गरिएको आरोप लगाउँदै आएको छ । जसका कारण हिजो बुधवारदेखि सम्झौता नविकरणको माग गर्दै संघ हड्तालमा उत्रिएपछि उडान प्रभावित भएको थियो । उडान बन्द गरेर आन्दोलनमा उत्रिएको संघले आज विहान विज्ञप्ति जारी गर्दै आफ्ना माग पूरा नभएसम्म उडान नगर्ने अडान लिएको थियो । 

त्यसपछि दुवै पक्ष वार्तामा बसेका थिए । संघले उठाएका मुद्धा सम्बोधन गर्न निगम सहमत भएपछि आन्दोलन स्थगित भएको छ । निगममा १५० जनाभन्दा बढी क्याबिन क्रू रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ ।

टिप्पणीहरू