इलाममा नयाँ सरकारी गाडी गुल्टियो

इलाममा नयाँ  सरकारी गाडी गुल्टियो

जिल्ला निर्वाचन कार्यालय, इलामलाई निर्वाचन आयोगबाट पठाइएको नयाँ ००२ झ ६४२९ नम्बरको महिन्द्रा जीप आज बिहान २ बजे इलाम जिरोकिमी-धोबीधारा खण्ड एनसिडिसी नजिकै मेची राजमार्गबाट खसेर दुर्घटना भएको छ । 


"गाडीमा चालक मात्र थिए । भर्खर निकालेर अफिस ल्याउँदै गरेको नयाँ गाडी हो । तल खोल्सामा खसेको छ । गाडीमा क्षति पुग्यो । तर,चालक सामान्य घाइते छन् "- जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी जितेन्द्रकुमार बस्नेतले जनआस्थालाई बताउनुभयो । यो गाडी चुनावअगाडि भारत सरकारले उपहारस्वरुप दिएको हो ।

टिप्पणीहरू