नेवारी बाजाको उत्थानमा लागेका डङ्गोलको सम्मान

नेवारी बाजाको उत्थानमा लागेका डङ्गोलको सम्मान

नेकपा (एकीकृत समाजवादी ) काठमाडौं क्षेत्र नं ९ क ले नेवा: परम्परागत मौलिक संस्कृति र सङ्गीतको उत्थानमा लागेका काठमाडौं २१ का नेता अर्जुन डंगोललाई सम्मान गरेको छ ।  

निर्वाचन क्षेत्र नं. ९ ले आज आयोजना गरेको वनभोज कार्यक्रममा डंगोललाई सम्मान गरिएको हो । उहाँले नेवा:संस्कृति अन्तर्गत मादल,बाँसुरी,धिमे, डम्फु,खिं,पछिमा,नगराजस्ता परम्परागत नेवारी बाजाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । डंगोलले १९ औं राष्ट्रिय ज्यापु दिवस ०७९ को अवसरमा नेपाल सरकारबाट ज्यापु संस्कृति प्रतिभा सम्मानसमेत पाउनु भएको थियो ।

एक समारोहमा नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले डंगोललाई प्रशंसापत्रसहित खादा लगाएर सम्मान गर्नुभएको हो ।

टिप्पणीहरू