रामेछापको चुचुरेमा बाघको आक्रमण, किशोर घाइते

रामेछापको चुचुरेमा बाघको आक्रमण, किशोर घाइते

रामेछापको चुचुरेमा बाघको आक्रमणबाट एक किशोर गम्भीर घाइते भएका छन् ।  गत शुक्रवार साँझ घर नजिकैको जङ्गलमा पत्कर सोर्न गएका बेला बाघले आक्रमण गर्दा गोकुलगंगा गाउँपालिका वडा नं १ ढाँडेका १७ वर्षीय किशोर शिवराम कार्की गम्भीर घाइते भएका हुन् । 

 घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारको लागि दोलखाको जिरी लगिएकोमा त्यहाँ सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको चुचुरेका वडा अध्यक्ष छत्रबहादुर बस्नेतले जनआस्थालाई  जानकारी दिए ।  बाघको आक्रमणमा परेका उनको टाउको, आँखा,खुट्टा,पाखुरा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । 

अहिले अवस्था सुधार भएको बताइएको छ ।   उनी सेतीदेवी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । गौरीशङ्कर संरक्षण क्षेत्र रहेको उक्त स्थानमा पछिल्लो समय जङ्गली जनावरको मात्र बढ्दा मानिसमाथि आक्रमणको समस्या पनि बढ्न थालेको बताइन्छ ।

टिप्पणीहरू