साँखु जाने सडक आज पनि ठप्प :पहिले थली, अहिले तिवारी

साँखु जाने सडक आज पनि ठप्प :पहिले थली, अहिले तिवारी

जोरपाटीबाट साँखुतर्फ जाने सडक आज पनि ठप्प पारिएको छ । सडक पीच नगरेको विरोधमा यसअघि थली बजारका स्थानीयले यातायात अवरुद्ध पारेका थिए । आज भने मूलपानीस्थित तिवारी टोलमा सडक बन्द गरिएको छ ।
 
स्थानीयले सवा ८ बजेदेखि सडकमा ढुंगा थुपारेका छन् भने डोरी बाँधेर पूर्णरुपमा आवागमन रोकेका छन् । थलीमा यो क्रम दुई साताअघिदेखि शुरु भएको हो । त्यतिबेला सडक पीच गर्ने ठेक्का लिएको कम्पनीले भने मेशिन बिग्रेकाले काम गर्न नपाइएको जवाफ दिएको थियो । तर,पीच नभएर धुलोले जनजीवन कष्टकर हुँदै गएपछि तिवारी टोलका स्थानीय आजदेखि विरोधमा उत्रेका छन् ।

सडक अवरुद्ध भएपछि राजधानी आउने र राजधानीबाट साँखुतर्फ जाने सवारी साधन सबै रोकिँदा यात्रुहरु थप मर्कामा परेका छन् ।

टिप्पणीहरू