झापाको जंगलमा भेटिएको शव श्रीमान्- श्रीमतीको

झापाको जंगलमा भेटिएको शव श्रीमान्- श्रीमतीको

झापाको चारआलीस्थित जंगलमा हिजो फेला परेको दुई वटा शवको पहिचान खुलेको छ । मृतकहरु अर्जुनधारा–११ का नेत्रकुमार इङ्नाम लिम्बू र उनकी श्रीमती हुन् । ५२ वर्षीय लिम्बू र नाम नखुलेकी कान्छी श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा शव फेला परेको र सनाखत भइसकेको जनाइएको छ ।

शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो चारआलीको पाउ पाथिभरा मन्दिरबाट एक किलोमिटर पश्चिम अढाई किलोमिटर दक्षिणमा दुई वटा शव भेटिएको थियो । स्थानीयले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

टिप्पणीहरू