कार्टुन उद्योगमा आगो,१४ करोडको क्षति

कार्टुन उद्योगमा आगो,१४ करोडको क्षति

पर्साको एक कार्टुन उद्योगमा भिषण आगलागी भएको छ । बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ मदौलस्थित बाबा प्रिन्टिङ्ग एण्ड प्याकेजिङ ईण्डष्ट्रिज प्रालिमा गएराति आगो लागेको हो । 

जिल्ला प्रहरी कार्यालय,पर्साबाट खटिएका प्रहरी र सशस्त्र प्रहरी बेस क्याम्प बहुअर्वाभठ्ठा पर्साको संयुक्त टोलीले बल्लतल्ल आगो नियन्त्रणमा लिएको थियो । आगो निभाउन वीरगञ्ज महानगरपालिकाको दुईटा,पोखरिया नगरपालिकाको एउटा, विपत व्यवस्थापन गुल्मको एउटा गरी चार वटा दमकल प्रयोग गरिएको थियो । 

आगलागीमा अनुमानित १४ करोड रुपैयाँको कच्चा पदार्थ,मेसिनरी सामान तथा तयार कार्टुनहरु नष्ट भएका छन् ।  प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू