पूर्वप्रधानमन्त्रीकी पूर्वपत्नीले गरिन् तेस्रो विवाह

पूर्वप्रधानमन्त्रीकी पूर्वपत्नीले गरिन् तेस्रो विवाह

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले तेस्रो विवाह गरेकी छन् । उनले अमेरिकामा रहेका पाकिस्तानी अभिनेता तथा व्यङ्ग्यकार मिर्जा बिलालसँग विवाह गरेकी हुन् । 

सन् २०१४ मा खानसँग विवाह गरेकी ४९ वर्षीया ब्रिटिश–पाकिस्तानी पत्रकार रेहमले ट्वीटरमा अमेरिकी सहर सियाटलमा सामान्य तवरले आयोजित निकाह समारोहमा बिलालसँग आफ्नो विवाह भएको घोषणा गरेकी छन् ।

उनले आफ्नो र बिलालको निक्का समारोहको तस्बिर पनि ट्वीटरमा सेयर गरेकी छन् । पहिलो तस्बिरमा विवाहको औंठी देखाउँदै जोडीले हात समातेको देखिन्छ । रेहम र बिलाल दुवैको यो तेस्रो विवाह हो ।

रहमको पहिलो विवाह इजाज रहमानसँग भएको थियो । उनी एक मनोचिकित्सक हुन् । सन् १९९३ मा विवाह गरेको उक्त जोडीले २००५ मा सम्बन्धविच्छेद गरेको थियो । 

त्यसपछि दोस्रो विवाह इमरान खानसँग गरिन् । उक्त विवाह पनि मुश्किलले १० महिना टिकेको थियो । सन् २०१४ मा विवाह गरेका खान र रेहमको २०१५ मा सम्बन्धविच्छेद भएको हो ।

खानसँगको सम्बन्धविच्छेदपछि रेहमले उनलाई ‘विश्वासघाती’ को आरोप लगाएकी थिइन् ।

टिप्पणीहरू