गाडी र मोटरसाइकल ठोक्कियो, २ जना घाइते

गाडी र मोटरसाइकल ठोक्कियो, २ जना घाइते

कोहलपुर–सुर्खेत सडकखण्ड अन्तर्गत देउरालीमा गाडी र मोटरसाइकल ठोक्किएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएको बताइएको छ ।

घाइतेको पहिचान खुल्न सकेको छैन । ‘दुर्घटना म उभिएकै अगाडि भयो । दुबै जनालाई धेरै चोटपटक लागेको छ । उनीहरुलाई उपचारको निम्ति कोहलपुर शिक्षण अस्पताल लगिएको छ,’ कोहलपुर नगरपालिका ४ का प्रदिप यादवले जनआस्थासँग भने ।

टिप्पणीहरू