काभ्रेपलाञ्चोकमा बस दुर्घटना, ८ जना घाइते

काभ्रेपलाञ्चोकमा बस दुर्घटना, ८ जना घाइते

बनेपाबाट गोकुलेधाप जाँदै गरेको बा.४ ख १९९६ नम्बरको बस दुर्घटनामा परेको छ । महाभारत –७ उदाउनेमा भएको उक्त दुर्घटनामा सात जना घाइते भएका छन् ।

घाइते हुनेमा खानीखोला ४ की बिमला माझी, महाभारत ८ की ३० वर्षीया बिन्दा आले मगर, १२ वर्षका रोहन पुलामी, मरिण १ का ६५ वर्षे डम्बर बहादुर राणा, महाभारत ६ की पञ्चमाया माझी, सानिमाया थिङ, चन्द्र कुवँर र सिन्धुलीकी नेत्रकुमारी राना भएको बताइएको छ ।

घाइतेहरुको इलाका प्रहरी कार्यालय देबीटारको टोलीले उद्धार गरी बन्खु स्वास्थ्य चौकीमा उपचार गराएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका एसपी चक्रराज जोशीका अनुसार घाइतेहरुको अवस्था सामान्य छ ।

बसको ब्रेक फेल भएका कारण उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू