मोटरसाइकलको ठक्करपछि बालिका गम्भीर घाइते

मोटरसाइकलको ठक्करपछि बालिका गम्भीर घाइते

पनौतीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन् । मोटरसाइकलको ठक्करबाट ५ वर्षीया बालिका गम्भीर घाइते भएकी हुन् ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा. प. ०२–०३३ प ४१४४ नम्बरको मोटरसाइकलले पैदल यात्री बालिकालाई ठक्कर दिएको हो । बनेपा नगरपालिका वडा नम्बर ८ घर भई पनौती ५ मा बस्दै आएकी ५ वर्षीया कृष्टिना बनमाली गम्भीर घाइते भएकी हुन् । 

बालिकाको टाउको, निधार र दायाँ हातमा चोट लागेको छ । घाइतेको शीर मेमोरियल अस्पताल बनेपामा उपचार सम्भव नभएपछि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

टिप्पणीहरू