भोजपुरको टेम्केमा सप्तमी बजारको रौनक

भोजपुरको टेम्केमा सप्तमी बजारको रौनक

भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सप्तमी बजार लागेको छ । उक्त हाटबजार प्रत्येक महिनाको १ र १५ गते लाग्ने गरेको छ । खाद्यान्नलगायत भाडावर्तन, लत्ताकपडा खरिद गर्न स्थानीयको बजारमा भीड लागेको छ । स्थानीय वडा नम्बर ३ का किसान सुजन राउतका अनुसार 

आफन्तहरुसँग समेत भेटघाट हुने भएकाले टाढाका मानिसहरु समेत बजार आउने गरेका छन् । बजारमा मेला हेर्न गएका स्थानीय धर्म राउतले पनि सामान किन्ने, बेच्ने र नातेदार र साथीभाईको भेट हुने भएकाले महिनाको दुई सप्तमी बजारमा चहलपहल बढ्ने गरेको बताए ।

टिप्पणीहरू