झापामा हात्तीले महिलाको ज्यान लियो

झापामा हात्तीले महिलाको ज्यान लियो

जंगली हात्तीको आक्रमणबाट झापा शिवसतासी ११ स्थित बच्चाबगरमा एक महिलाको ज्यान गएको छ । गएराति २ बजे जंगली हात्तीले घर भत्काउने क्रममा शान्तिराम भण्डारीकी श्रीमती कृष्णमाया भण्डारीको ज्यान गएको झापा प्रहरीले जानकारी दिएको छ।

भण्डारीलाई घाइते अवस्थामा उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको स्थानीय प्रेम भण्डारीले बताए । श्रीमान् शान्तिराम भण्डारी भने सख्त घाइते भएको बताइएको छ।

टिप्पणीहरू