भारतीय सवार मोटरसाइकलमा २ केजी चरेश

भारतीय सवार मोटरसाइकलमा २ केजी चरेश

लागुपदार्थ चरेश बोकेर मोटरसाइकलमा भारततर्फ जाँद गरेका एक जना भारतीय बारामा पक्राउ परेका छन् । उनलाई चरेश र मोटरसाइकलसहित सशस्त्र प्रहरी बल नेपालको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । 

बाराको सुवर्ण गाउँपालिका ३ संतगञ्ज सीमा इलाकाबाट सशस्त्र प्रहरी टोलीले आज दुई केजी चरेश बोकेर भारततर्फ जाँदै गरेका ३० वर्षे राजकुमारलाई पक्रेको हो ।    भारतको मोतिहारी जिल्ला बेलागाउँ ग्रामपञ्चायत घर बताउने राज कुमारलाई सशस्त्रको नम्बर १२ गण बारा मातहतको बिओपी कबहिगोठले चरेशसहित नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त सूचनाको आधारमा उक्त गणले बी.आर. ०५ ए.भी. ३०४२ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट चारवटा प्याकेटमा राखिएको चरेश पक्रन सफल भएको बताइएको छ । राजकुमारको साथबाट केही भारतीय र नेपाली रुपैयाँ, भारतीय आधार कार्ड, सवारी चालक अनुमति पत्रलगायत अन्य कागजातसमेत फेला पारिएको छ ।    

बरामद चरेशसहित उनलाई आवश्यक कारवाहीको निम्ति आजै दिउँसो जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।

टिप्पणीहरू