अवैध उत्खनन्मा संलग्न सवारी साधन नदी किनारबाटै नियन्त्रणमा

अवैध उत्खनन्मा संलग्न सवारी साधन नदी किनारबाटै नियन्त्रणमा

चितवनमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिएका ९ वटा सवारी साधनलाई नदीजन्य पदार्थसहित नदी किनारबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध काममा संलग्न ती सवारी साधनलाई बिहान ९ बजेको समयमा खैरहनी ३ बाट नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रहरीले एउटा जेसीबी, छ वटा ट्रिपर, दुई वटा ट्याक्टर र ६३१ घनमीटर नदीजन्य पदार्थ नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले खैरहनी ३ बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा पक्रेको हो । 

प्रहरीले बा १ क ६०३६ नम्बरको जेसीबी र ट्पिरहरुमा ग.२ ख ९३४, ना. ८ ख २९३४, ना. ७ ख २६७३ र ना. ८ ख ६२७१ नम्बरलाई पक्रेको हो । ती सवारी साधनलाई आवस्यक कारबाहीको निम्ति खैरहनी नगरपालिकाको कार्यालय पठाइएको छ । 

त्यस्तै खैरहनी १ को दुई स्थानबाट ५०७ घनमिटर (१६८ ट्याक्टर) र वडा नम्बर ३ बाट १२४ घनमिटर (४२ ट्याक्टर) अवैध नदीजन्य पदार्थ पनि नियन्त्रणमा लिइएको जानकारी दिइएको छ । 

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले रत्ननगर ३ बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ना.८ ख १४९४ नम्बरको ट्पिर र ना.८ ख ५९५३ नम्बरको ट्पिरलाई नियन्त्रणमा लिएर कारबाहीको निम्ति रत्ननगर नगरपालिकाको कार्यालय पठाइएको छ ।

टिप्पणीहरू