नदीमा हराएका सशस्त्र प्रहरी जवान सातासम्म बेपत्ता
गत शुक्रकार मस्र्याङ्दी नदीमा खसेर बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान अनन्त महतको सात दिनसम्म कुनै पत्तो लागेको छैन । मनाङ सरुवा भएपछि लमजुङबाट हिँडेका उनी गत शुक्रबार फिसाब फेर्न गएको बखत भीरबाट लडेर मस्र्याङदी नदीमा खसेका हुन् ।
अत्यधिक मादक पदार्थ सेवन गर्ने बानी परेका उनलाई जति सम्झाउँदा पनि नमानेपछि श्रीमतीले पनि छाडेर हिँडेको बताइन्छ । साथमा एक छोरी भएका महत सुडान मिसनको निम्ति दुई महिने कोर्स पूरा गरेर बसेका थिए । सशस्त्र प्रहरी बलको २२ नम्बर गण भक्तपुरमा कार्यरत जवान महतलाई पुसमा मनाङ सरुवा गरिएको थियो ।
पुस १४ गते बेसिसहरको मण्डला होटलमा बसेर भोलिपल्ट बिहान उनी सवा ८ बजेतिर ग.१ज ७३३५ नम्बरको बलेरो जीपमा मनाङ प्रस्थान गरेका हुन् । मस्र्याङ््दी गाउँपालिका–४ काप्रेभीर नजिकै पुगेपछि उनले चालकलाई गाडी रोक्न दबाब दिएको बताइन्छ । भीर कटेपछि रोक्छु भने पनि निकै गरेकाले चालकले बाध्य भएर गाडी रोकेका थिए ।
मादक पदार्थको कारण एकाबिहानै पनि उनको शरीर धान्न सक्ने अवस्थामा नरहेको चालकको भनाइ छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ३२ वर्षीय महत पिसाब फेर्न भनेर गाडीबाट बाहिर गएको र सोही क्रममा लडेर मस्र्याङ्दीमा खसेका हुन् ।
बिहान १० बजेतिर खसेका महतको खोजीको निम्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलदेखि मस्र्याङ्दी ड्यामसम्म पुगेको आज हप्ता दिन पुगेका हुन् । तर पनि कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
-अञ्जनकुमार
टिप्पणीहरू