प्रदेश १ र मधेशबाट श्रम स्वीकृति लिन काठमाडौं आउन नपर्ने

प्रदेश १ र मधेशबाट श्रम स्वीकृति लिन काठमाडौं आउन नपर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिने व्यवस्था मिलाएको छ । मन्त्रालयले श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरमा पनि उक्त सुविधाको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति लिन चाहनेले आँउदो आइतबारदेखि कार्यालयमा सम्पर्क गर्न सकिने मन्त्रालयको भनाइ छ । ‘श्रम स्वीकृतका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने विगतको व्यवस्थालाई अनलाइन प्रणालीमार्फत सबै किसिमका थप स्वीकृति लिन पाउने व्यवस्था गरेपछि सेवामा आएको सुधारकै निरन्तरतास्वरुप श्रम तथा रोजगार कार्यालय, विराटनगर र जनकपुरबाट पनि मिति २०७९–९–२४ गते आइतबारबाट सेवा लिन सरोकारवाला सबैमा अनुरोध गर्दछौं’, मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मन्त्रालयले पोखरा र बुटवलमा पनि यो सेवा विस्तार गरिसकेको छ । त्यसैगरी, श्रम तथा रोजगार कार्यालय, सुर्खेत र धनगढीबाटसमेत पुनः स्वीकृत र व्यक्तिगत श्रम स्वीकृति दिन पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू