एमसीसी परियोजनाविरुद्धको आन्दोलनमा अभियन्ताहरुको ऐक्यबद्धता
अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत निर्माणधीन सबस्टेशनको काम रोक्न माग गर्दै काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ मा भएको स्थानीयको आन्दोलनमा सामाजिक अभियन्ताहरुले ऐक्यबद्धता जनाएका छन् ।
स्थानीयको शान्तिपूर्ण विरोधमा अभियन्ता हेमराज थापा,श्यामबाबु गौतम, पुर्वछाने मगर, सुनिता पाख्रिन पनि सहभागी भएका हुन् । विरोध कार्यक्रममा मन्तब्य दिँदै उनीहरुले सबस्टेशन स्थानान्तरण गर्न माग गरेका छन् । उक्त सबस्टेशन जंगलतर्फ लैजाँदा त्यसले जीवजन्तुलाई असर पारेको अभियन्ताहरुको ठहर छ ।
त्यस्तै, वनजङ्गल र स्थानीय जनताको संरक्षण गर्न नसक्ने अहिलेको सरकार नालायक भएको तिनको आरोप छ । उनीहरुले उक्त स्थानमा रहेका स्थानीयलाई दमन नगर्न प्रहरीलाई निर्देशन दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसंग आग्रह गरेका छन् ।
बोजिनीस्थित १९२ रोपनी जग्गामा निर्माणाधीन अपर तामाकोशी विद्युत प्रशारण लाइनको काम रोक्न माग गर्दै स्थानीयले निरन्तर प्रदर्शन गरिरहेका छन् ।
टिप्पणीहरू