जनार्दन शर्माद्वारा छुटाउन खोजिएका र अमेरिकाबाट ४० करोड ओसार्ने शाह समातिए

जनार्दन शर्माद्वारा  छुटाउन खोजिएका र अमेरिकाबाट ४० करोड ओसार्ने शाह समातिए

अमेरिकाबाट गैरकानुनी रूपमा लाखौं डलर ल्याएको आरोप लागेका पृथ्वीबहादुर शाहसहित छ जनालाई पक्राउ गरिएको छ । विदेशबाट अवैध तरिकाले रकम ल्याएको आरोपमा प्रहरीले विजयविक्रम शाह,रुकमाङ्गद काफ्ले, चक्रबहादुर खत्री,अनुप खड्का र रंगबहादुर साउदलाई पक्रेको हो ।

४५ लाख अमेरिकी डलर नेपाल ल्याएको आरोप लागेका उनीहरूले एक दर्जन बढी कम्पनी दर्ता गरेको देखाएका छन् । अछाम घर भएका पृथ्वीबहादुर काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका थिए । त्यसमध्ये ९ करोड रुपैयाँ विभिन्न अपराधिक कार्यमा संलग्न भएको खुलेको बताइएको छ । तत्कालीन समयको ४० करोडमध्ये ३० करोड रुपैयाँ उनले १७ वटा कारोबारअन्तर्गत न्यूयोर्कबाट नेपाल ल्याएका थिए ।

अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले शाहको अवैध रकम नेपाल भित्र्याउन दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई दबाब दिएका थिए । गत वर्ष गभर्नरलाई निलम्बन गर्नुका धेरै कारणमध्ये यो पनि थियो ।

शाहको रकमबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धिकरण विभागले समेत आवश्यक छानबिन गरेको बताइन्छ । केही वर्षअघि उनै शाह भारतीय रुपैयाँको अवैध कारोबारमा समेत समातिएका थिए ।

टिप्पणीहरू