सर्लाहीमा समातियो ठूलो परिमाणको लागुऔषध
सशस्त्र प्रहरी बल नेपालले सर्लाहीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– ५ इनर्वाबाट १ सय १० बोतल कोडवील नामक लागूऔषध बरामद भएको सशस्त्र प्रहरी बल नेपालको बिओपी सखुअवाले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले ल्याएको उक्त लागुऔषध ड्युटीमा खटिएको सशस्त्र प्रहरीले नियन्त्रण लिएको बताइन्छ । डियुटीमा रहेका सशस्त्र प्रहरीलाई देखेपछि टाउकोमा राखेर ल्याइएको बोरा फालेर ती व्यक्ति फरार भएका हुन् ।
फालिएको बोरा खोलेर हेर्दा उक्त परिमाणको लागुऔषध हिजो फेला परेको हो । बरामद लागुऔषध आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा पठाइएको छ ।
टिप्पणीहरू