प्रख्यात हुँदै तामाङ सेलो

नेपाली सांगीतिक बजारमा संगीतलाई थप मजबुत बनाउने काम सेलो गीत र संगीतहरुले गरिरहेका छन् । विशेषगरी तामाङ समुदायमा मात्रै सीमित सेलो गीत पछिल्लो चरण सबै समुदायमा उत्तिकै लोकप्रिय हुन थालेको छ ।

वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङको ‘मायाभन्दा ठूलो जात हैन’ बोलको गीतलाई स्रोता र दर्शकले रुचाएपछि ‘हेर्दैमा राम्री’ को भर्खरै म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । नेपाली सेनाको पोशाकमा गायक दोङ आफैंले अभिनय गरेको भिडियोमा अध्यायनको क्रममा जापान बस्दै आएकि मोडल सोङ्मित थिङले साथ दिएकि छन् । सुन्दरीले चटपटे खान आएका सैनिकलाई मनमनै मन पराएको भावलाई भिडियोमा कलात्मक ढंगले निर्देशक अभि लामाले प्रस्तुत गरेका छन् । 

जनवादी गायिका कमला दोङको सुमधुर अवाज रहेको उक्त गीतको भिडियोको छायाङ्कन काठमाडौं पूर्वको जर्सिङपौवाको रमणीय स्थलमा गरिएको हो । गीतका शब्द कुमार बोम्झनले लेखेका हुन् भने गायक दोङको संगीत छ । 

अडियोमा करिब तीन लाख १० हजारले सुनिसकेको उक्त गीतको भिडियो निकै राम्रो बनेको दर्शकहरूको प्रतिक्रिया छ । भिडियो विश्व दोङको अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू