पृथ्वीजयन्तीको विरोध गर्नेहरु प्रहरी नियन्त्रणमा, राजतन्त्र फर्काउन खोजिएको आरोप

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको विरोध गर्न खोज्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिउँसो १ बजे माइतीघरमा भेला भएर राजतन्त्र फर्काउन खोजिएको भन्दै नारा लगाउन खोज्नेहरुलाई प्रहरीले पक्रेको हो ।

माइतीघर मण्डलामा देशभक्त जनगणतान्त्रिक मोर्चाको आयोजनामा भेला भएकाले आज दिइएको सार्वजनिक बिदाको विरोध गरेका हुन । उनीहरुले राजतन्त्र फर्काउने कुत्सित षड्यन्त्र गरिएको आरोप लगाउँदै आएका छन् । 

आफूले लगाउँदै आएको आरोपको भण्डफोर गर्ने भनिएको कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य तथा नेःवा मुक्ति मोर्चाका अध्यक्ष पहलमान श्रेष्ठ, महिला संगठनका अध्यक्ष शारदा महतलगायत डेढ दर्जनको सहभागिता थियो । विरोध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्याएको हो ।

टिप्पणीहरू