भारतीय दूतावासले पशुपतिमा धेरैलाई दौडाउने

भारतीय दूतावासले पशुपतिमा धेरैलाई दौडाउने

भारतीय दूतावासले आगामी माघ ७ गते दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । एनआरएस स्पोर्टस् फाउण्डेशनको समन्वयमा दूतावासले ‘रन फर लाइफ’ प्रतियोगिताको आयोजना गर्न लागेको बताइएको छ । 

राजधानीको पशुपतिनाथ मन्दिर कम्प्लेक्समा बिहान ८ बजेबाट प्रतियोगिता शुरु हुने जानकारी दिइएको छ । दूतावासका अनुसार ‘दौड र स्वस्थ मुलुक’ नारासहित प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

वातावरणका लागि स्वस्थ जीवनशैली आवश्यक रहेको सन्देश फैलाउनु नै प्रतियोगिताको प्रमुख उद्देश्य रहेको बताइएको छ । पाँच किलोमिटर दौड प्रतियोगितामा सहभागी प्रतियोगीले लाइफ किटका साथै टिसर्ट पाउनेछन् । त्यस्तै, विजेताका लागि पदकको पनि व्यवस्था गरिएको छ ।

टिप्पणीहरू