दोलखाका क्रसर उद्योग पनि बन्द

दोलखाका क्रसर उद्योग पनि बन्द

दोलखामा गैरकानुनी रुपमा सञ्चालित १० वटा क्रसर उद्योग बन्द गरिएको छ । जिल्ला समन्वय समिति दोलखाले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ८ अनुसार दर्ता र नवीकरण भएको नपाइएकाले ती क्रसर उद्योग बन्द गरिएको जानकारी गराएको छ । 

बन्द गराइएका क्रसर उद्योगमा भीमेश्वर नगरपालिका ५ स्थित भीमेश्वर गिटी बालुवा वासिङ उद्योग, मलेपु रोडा ढुंगा उद्योग, तामाकोशी गाउँपालिका १ स्थित दोलखा जलदेवी क्रसर उद्योग एण्ड सप्लायर्स, तामाकोशी रोडा ढुंगा उद्योग एण्ड सप्लायर्स, वडा नम्बर ३ को दोलखा श्रीएकता रोडा ढुंगा उद्योग र  एस.के. रोडा ढुंगा उद्योग हुन् ।

टिप्पणीहरू