सुनकोशी नदीमा डुंगा दुर्घटना, एकको मृत्यु

सुनकोशी नदीमा डुंगा दुर्घटना, एकको मृत्यु

सिन्धुपाल्चोकमा भएको डुंगा दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा उदयपुरको कटारी नगरपालिकाका २७ वर्षीय वीरबल राईको मृत्यु भएको हो ।

बलेफी गाउँपालिका वडा नम्बर ५ स्थित सुनकोशी नदीमा र्याफ्टिङ गर्ने क्रममा भएको डुंगा दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारको निम्ति धुलिखेल अस्पताल पुर्याइए पनि सोही क्रममा मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डिएसपी शिव बुढाथोकीले जानकारी दिएका छन् ।

टिप्पणीहरू