प्रधानमन्त्री भेट्न आएका पोखराका पत्रकार त्रिभुवन पौडेलसमेत प्लेन क्र्यासमा परेको आशंका

प्रधानमन्त्री भेट्न आएका पोखराका पत्रकार त्रिभुवन पौडेलसमेत प्लेन क्र्यासमा परेको आशंका

प्रधानमन्त्री भेट्न हिजै मात्र काठमाण्डौ गएका पोख्रेली पत्रकार त्रिभुवन पौडेल पनि आजको जहाज दुर्घटनामा परेको आशंका छ ।

प्रधानमन्त्रीलाई बिहान ८:३० बजे भेट्ने समय तय भएकोमा योग दिवसको ब्यस्तताका कारण समय घर्किएको र आज माघी पनि परेको कारण अर्को दिन आउने गरी घर फर्कने क्रममा आज बिहान काठमाण्डौ विमानस्थल पुगेकोसम्म पुष्टि भएको र सोही नामका एक यात्रुसमेत उक्त जहाजमा रहेको बुझिएको छ ।

पत्रकार महासंघको सँस्थापक गण्डकी प्रदेश अध्यक्ष,प्रेस सेन्टर उपाध्यक्ष र हाल पत्रकार महासंघको  केन्द्रीय सदस्य रहेका पौडेल कृष्णबहादुर महराको अर्थमन्त्री कालमा प्रेस सल्लाहकार थिए । अहिले पत्रकार महासंघको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ ।

टिप्पणीहरू