सेनाको हेलिकोप्टरमा ल्याइयो २५ वटा शव

सेनाको हेलिकोप्टरमा  ल्याइयो २५ वटा शव

अस्ति पोखरामा भएको विमान दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव भर्खरै काठमाडौं ल्याइएको छ ।  यति एअरलाइन्सको एटिआर विमान दुर्घटनामा निधन भएका ७० जनामध्ये सेनाको एमआई १७ भी ५ एनए ०५३ हेलिकोप्टरमा ल्याइएका शवलाई पोष्टमार्टम तथा डिएनए परीक्षणको निम्ति महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याइएको छ ।

पाइलट प्रमुख सेनानी राकेश लिम्बुको कमाण्डमा उडाइएको उक्त हेलिकोप्टर ११ बजे अस्पताल नजिकै भैरवनाथ गणको हेलिप्याडमा रोकिएको थियो । त्यहाँबाट शववाहनमा राखेर शव टिचिङ्ग अस्पताल पुर्याइएको छ ।

टिप्पणीहरू