लेबनानबाट अर्को सैन्य टोली पनि आइपुग्यो

लेबनानबाट अर्को सैन्य टोली पनि आइपुग्यो

लेबनानमा तैनाथ नेपाली सेनाको शान्ति सैनिक टोली मध्यरातमा काठमाडौं आइपुगेको छ । टोली नेपाल वायुुसेवा निगमको उडान नम्बर आरए २४१४ मा बेरुतबाट आएको हो । 

 संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ गोरख बक्स गण शान्ति सेना ६३ औं डफ्फाको दोश्रो रोटेशन फ्लाईट हिजो आइपुगेको हो । सेनानी शषी बुढाथोकीको कमाण्डमा २१६ जनाको टोली मध्यरात सवा १२ बजे काठमाडौंमा ओलिएको थियो ।

टिप्पणीहरू