सेनाको हेलिकप्टरमा २५ वटा शव काठमाडौं झारियो

सेनाको हेलिकप्टरमा २५ वटा शव काठमाडौं झारियो

अस्ति बिहान पोखरामा भएको विमान दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव भर्खरै काठमाडौं ल्याइएको छ । नेपाली सेनाको एमआई–१७–भी५–एनए–०५३ हेलिकप्टरबाट ती शवहरू केही बेरअघि काठमाडौं ल्याइएको हो । 

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । शव बोकेको हेलिकप्टर महाराजगञ्जस्थित पुलिस ऐकेडेमीमा ल्याण्ड हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिकतर्फ सेनाको ह्याङ्गरमा अवतरण गराइएको थियो । 

पाँच विदेशी र २० जना नेपालीको शव अहिले शिक्षण अस्पतालमा राखिएको छ । विदेशीमा कोरियन नागरिक कुङ्चुल यु,स्याङयोन यु, रसियन नागरिक आईरिल लाइगन,इलिना ब्यान दुरो, फ्रान्सेली नागरिक एलेक्जेनडर आइसीडोर रहेका छन् । 

त्यस्तै,क्याप्टेन कमल केसी,विमान परिचारिका सिर्जना हुन्चुङ्ग,ओसिम आलेको शव पनि पोर्स्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । यात्रुहरु लक्ष्मी परियार, रिता परियार,हरि परियार,जमुना शर्मा, सन्जय जैसवाल,सुशील श्रेष्ठ,डा.सोना दिवाकर, सरबिन श्रेष्ठ, सीताकुमारी खड्का, रियान पौडेल,रचना काफ्ले,अनिल शाही, राजुसिंह ठकुरी,सुस्मा पाण्डे,श्लोक भट्ट, लवराज तिमल्सिना, जीतेन्द्रबहादुर कुँवरमध्ये १५ जनाको शव महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

टिप्पणीहरू