भन्सार छलेर ल्याइएको टिभी प्रहरी नियन्त्रणमा

भन्सार छलेर ल्याइएको टिभी प्रहरी नियन्त्रणमा

भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइएको एक लाख १० हजार मूल्य बराबरको टिभी प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली नेपाल भित्र्याइएका २ वटा सोनी कम्पनीको टिभी सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ बाट प्रहरीले बरामद गरेको हो । 

बरामद टिभीसहित एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बरामद सामान भन्सार कार्यालय तिलाठी पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

टिप्पणीहरू