ब्राउन सुगरसहित दुई युवा पक्राउ

ब्राउन सुगरसहित दुई युवा पक्राउ

झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ बाट ब्राउन सुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय देवराज दंगाल र मेचीनगर नगरपालिका वडा नम्बर १५ का २१ वर्षीय सन्देश राई रहेका छन् । 

लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज बिहान पक्राउ गरेको हो।

 निजहरुबाट प्रहरीले ५० ग्राम ब्राउन सुगर समेत बरामद गरेका छन् ।

 पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू