ग्लोबल आईएमईको सात ठाउँमा स्वास्थ्य शिविर

ग्लोबल आईएमईको सात ठाउँमा स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अभियानअन्तर्गत बैंकले सबै प्रदेश समेटिने गरी सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर चलाएको हो ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा प्रदान गरेका थिए । महिलाहको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवा शिविरमा उपलब्ध गराइएको आईएमई बैंकले जानकारी दिएको छ । 

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको समन्वयमा सम्पन्न यस कार्यक्रमअन्तर्गत ईलामको ईलाम नगरपालिका–१ साँखेजुङ्गस्थित वडा कार्यालयको प्राङ्गण, रौतहटको फतुवा विजयपुर नगरपालिका–७ स्थित रौतहट प्राथमिक उपचार केन्द्र, दोलखाको कालिन्चोक गाउँपालिका–६ लापिलाङ्गस्थित पारच्याङ स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

त्यसैगरी, बागलुङको निसिखोला गाउँपालिका–३ झिवाखोलास्थित बोहोरा गाउँ स्वास्थ्य चौकी, रोल्पाको रुन्टीगढी नगरपालिका, होलेरीस्थित होलेरी प्राथमिक स्वास्थ्य केन्द्र, सुर्खेतको लेकबेसी नगरपालिका–६, कल्याणस्थित कल्याण स्वास्थ्य चौकी र डोटीको जोरायाल नगरपालिका–५ खहडास्थित गडशेरा स्वास्थ्य चौकीमा शिविर चलाइएको हो ।

स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।

बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी विशेषत ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको बताएको छ ।

टिप्पणीहरू