१२ करोड कुम्लाएका सुन पसले तीन वर्षदेखि बेपत्ता

१२ करोड कुम्लाएका सुन पसले तीन वर्षदेखि बेपत्ता

मोरङमा सर्वसाधारणको झण्डै १२ करोड रुपैयाँ कुम्लाएका एक जना सुन पसले तीन वर्षदेखि बेपत्ता छन् । उर्लाबारीका एक सुन पसले सर्वसाधारण ठगेर बेपत्ता भएपछि पीडित आपतमा परेका हुन् ।

उर्लाबारी  नगरपालिका ५ तरुण चोकमा सुन पसल सञ्चालन गर्दै आएका ४९ वर्षीय राजेश भनिने गोपाल गौतम उक्त रकम उठाएर तीन वर्षदेखि सम्पर्कविहीन भएको बताइएको छ । गौतम बेपत्ता भएपछि उर्लाबारी आसपासका ३६ जना सर्वसाधारणको १२ करोड ५० लाख रुपैयाँ जोखिममा परेको हो ।

पीडित सर्वसाधारणहरुले उर्लाबारीबाट बस रिजर्भ गरेर विराटनगर पुगेपछि अस्ति जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना समेत दिएका थिए । उनीहरुले सर्वसाधारणको रकम ठग्ने गौतमलाई पक्राउ गरी कारवाही गर्न र सर्वसाधारणको रकम फिर्ता गराइदिन सम्बन्धित निकायसँग माग गरेका हुन् । 

उनीहरूले प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालासँग फरार गौतमलाई पक्रेर कानुनी कारवाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

टिप्पणीहरू