बसले हानेर सप्तरीमा एक साइकल यात्रीको मृत्यु

बसले हानेर सप्तरीमा एक साइकल यात्रीको मृत्यु

सप्तरीमा बसको ठक्करबाट एक साइकल यात्रीको ज्यान गएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाका ६० वर्ष नाघेका राजेन्द्र विस्वासको हिजो दुर्घटनामा परि मृत्यु भएको हो ।  

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादैँ गरेको ना ५ ख ६७२ नम्बरको यात्रुबाहक बसले उनलाई विपरीत दिसाबाट ठक्कर दिएको थियो । बसको ठक्करलगत्तै मृत्यु भएका उनको कानुनबमोजिम शव जाँच गरी पोष्ट मार्टमको लागि गजेन्द्र नारायणसिंह अस्पताल लागिएको प्रहरीले जानकारी गराएको छ । 

प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

टिप्पणीहरू