यसरी मनाइयो काठमाडौंमा भारतीय सेना दिवस

यसरी मनाइयो काठमाडौंमा भारतीय सेना दिवस

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतीय सेनाको ७५ औं सेना दिवस मनाएको छ । बौद्धस्थित होटल हायातमा दूतावासले विशेष कार्यक्रमका साथ सेना दिवस मनाएको बताइएको छ ।

साँझ ७ बजेबाट शुरु भएको कार्यक्रम रातको झण्डै १० बजेसम्म चलेको थियो । कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव, काठमाडौंस्थित भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख राघवप्रसाद भट्नागरलगायतको उपस्थिति थियो । 

त्यसैगरी प्रधानसेनापति प्रभुराम शर्मा, नेपाली सेनाका जर्नेलहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षलगायत उच्च पदस्थ सरकारी अधिकारीहरुलाई पनि निम्त्याइएको थियो ।

दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव, दुतावासका सुरक्षा विभाग प्रमुख नेहा पाण्डे, शिक्षा विभाग प्रमुख प्रिया दर्शनीलगायतको कार्यक्रममा उपस्थिति रहेको बताइएको छ ।

टिप्पणीहरू