राजधानीमा युवकले गरे आत्मदाहको प्रयास

राजधानीमा युवकले गरे आत्मदाहको प्रयास

काठमाडौंमा आज एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सुन्धारास्थित सिभिल मलमा युवकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । ग्राउण्ड फ्लोरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शीले बताए ।

अन्दाजी ३० वर्षका उनी विशाल लामिछाने गुरुङ भएको प्रहरीले जनाएको छ । शरीरमा आगो लगाएपछि उनलाई तत्काल वीर अस्पताल नजिकैकै राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो । उनले आगो लगाएपछि त्यहाँ रहेका ग्राहक तथा सेक्युरिटी गार्डले उद्धार गरेका थिए । आगो लगाउनुको कारण खुलेको छैन ।

टिप्पणीहरू