‘ब्ल्याक बक्स’ फ्रान्स लाने नाममा कर्मचारी पनि मिस्सिने

गत आइतबार पोखरामा दुर्घटनाग्रस्त यति एअरलाइन्सको ब्ल्याक बक्सलाई फ्रान्स पठाइने भएको छ । दुर्घटनाको सत्यतथ्य फेला पार्न उक्त बक्सको प्राविधिक विश्लेषणका लागि एटीआर विमान निर्माता कम्पनीमा पठाउन लागिएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् विमान दुर्घटना जाँच आयोगका सदस्यसचिव बुध्दिसागर लामिछानेका अनुसार ब्ल्याक बक्सको विस्तृत विवरण आएपछि दुर्घटनाको वास्तविकता पत्ता लाग्नेछ ।

माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा यात्रु र चालक दलका सदस्यसहित ७१ जनाको ज्यान गएको थियो । एक जना अझै हराइरहेका छन् ।

टिप्पणीहरू