पहिचान हुन बाँकी ६ वटा शवको ३ हप्तामा बल्ल डिएनए परीक्षण

पहिचान हुन बाँकी ६ वटा  शवको ३ हप्तामा बल्ल डिएनए परीक्षण

पोखराको सेती नदी खोंचमा माघ १ गते भएको यति एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये छ जनाको शव डिएनए परीक्षणबाट पहिचान गर्नुपर्ने भएको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । 

अस्पतालका अनुसार ४२ जनाको शव पहिचान भइसकेको छ । फरेन्सिकविद डा. तुलसी कँडेलले फरेन्सिक र फिङ्गर फ्रिन्टबाट उनीहरुको पहिचान भएको बताए । बाँकीको  डिएनए परीक्षणबाट पहिचान गर्नुपर्ने भएको छ ।

शरीरको पूरै भाग जलेकाले शव पहिचान गर्ने विधि डिएनएबाहेक अरु नभएको बताइएको छ । शवको ‘डिएनए’ नेपाल प्रहरीको ल्याबमा हुनेछ । उक्त विधिबाट शव पहिचान गर्न कम्तिमा तीन साता लाग्ने छ । विमान दुर्घटनाका शवमध्ये ४८ वटा फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने २२ वटाको पोखरामा आवश्यक जाँच गरियो ।

टिप्पणीहरू