दुबईमा गुपचुप किनिए घर र अपार्टमेण्ट
विद्यमान कानुन र राष्ट्र बैंकको पछिल्लो सूचनाको खिल्ली उडाउँदै आइतबार होटल सोल्टीमा युनाइटेड अरब इमिरेट्सको दुबईमा घर, भिल्ला र अपार्टमेण्ट किन्ने तरिका सिकाइयो । सो क्रममा आयोजक दुबई प्रोपर्टी शोको प्रतिनिधि भनिएका पाँच जना भारतीय नागरिकलाई प्रहरीले राहदानीसहित गिरफ्तार ग¥यो । उनीहरूमाथि अनुसन्धान जारी रहे पनि सो कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा को–को जोडिएका थिए भन्नेबारे पत्ता लगाउनुपर्ने चुनौती छँदैछ ।
आइतबारको घटनापछि एक जना भूपू डेपुटी गभर्नरले नेपालका अधिकांश मारवाडी समुदायसम्बद्ध व्यापारी र व्यवसायीको भारत र दुबईमा घर, अपार्टमेण्ट र भिल्ला रहेको बताए । उनले भने, ‘औपचारिक रूपमा उनीहरूले छैन भने पनि भट्टलगायत धनी मारवाडीहरूले कम्तीमा एउटा घर, अपार्टमेण्ट किनिसकेको अनौपचारिक कुराकानीमा बताउने गरेका छन् । तिनका पारिवारिक सदस्यहरू आउजाउ गर्दा त्यहाँका होटल प्रयोग गर्दैनन् ।’ विगतमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र एनएमबी बैंकका अध्यक्ष तथा व्यवसायी पवन गोल्यानले दुबईमा गरेको छोराको विवाह नै यसको प्रमाण भएको उनको ठम्याइ छ । ती विवाह दुबईको होटलमा गरिए पनि बुहारी भिœयाउने काम भने उनीहरूले आफ्नै घरमा गरेका थिए । अघिल्लो वर्ष अशोक अग्रवालले छोराको विवाह थाइल्याण्डको फुकेटमा गरे । काठमाडौंबाट विमान चार्टर गरेर जन्ती लगियो ।
व्यवसायीलाई दुबईमा प्राप्त हुने विभिन्न किसिमका भीसाले पनि यताको डलर उतै खन्याउने क्रमले गति लिएको हो । हालै दुबई, अबुधाबी र दोहाको लामो भ्रमण गरेर फर्केका एक जना अवकाशप्राप्त सचिवले भने, ‘लामो समय लगानी गर्नेभन्दा पनि छोटो समयमा धेरै कमाउने खेल शुरु भएको छ । घर, अपार्टमेण्ट, भिल्ला बुकिङ गर्ने र सेयरमा लगानी गर्ने त्यसपछि एकाध महिना आफू वा परिवारका सदस्य उतै बस्ने र राम्रो मूल्य पाउनासाथ बेचेर रकम व्यवस्थापन गर्ने चलन रहेछ ।’ यसअघिका विवाह समारोहमा भएको दशौं लाख विदेशी मुद्राको जोहो हुण्डीबाट उतै भएको देखियो । नेपालबाट गएका निम्तालुमध्ये एउटा विवाहमा कम्तीमा दुई सय जनाले पासपोर्ट वापत लिएको २५ सय डलरबराबर हुन आउने १० लाखभन्दा बढी अमेरिकी डलर पनि नेपालबाटै खर्च भएको हो । तर वैदेशिक रोजगारबाट बिदामा फर्केका सर्वसाधारण नेपालीको साथमा रहेको सामान्य मूल्यको एक थान मोबाइलमाथि अंकुश लगाउने हाम्रो राज्य संयन्त्रले ती व्यवसायी र तिनका पाहुनाले बेफ्वाँकमा उडाएको दशौं लाख डलरबारे कुनै चासो देखाउन आवश्यक ठानेको छैन । त्यसैगरी, बिचौलिया दिपकले डेढ वर्षअघि ४५ करोड रूपैयाँ जम्मा गरेको तर जगदम्बाको वासलातमा त्यो रकम नदेखिएको विवरणले पनि नयाँ अर्थ लगाएको छ । ४० देखि ४५ करोड रूपैयाँ उनले धेरै पटक सुलभ अग्रवाल उपाध्यक्ष रहेको कम्पनीमा पटक–पटक ट्रान्सफर गर्नु तर त्यो हिसाब नेपालमा मिलान नहुनुले त्यसबापतको रकम विदेशमा डलरमै मिलान गरेको स्वतः पुष्टि हुन्छ ।
के के गर्छन् मारवाडी व्यवसायीले ?
अशोक अग्रवाल टाइपका मारवाडीहरू अहिले जोनी वाकर कम्पनीका रेड लेबल, ब्ल्याक लेबल, ब्लु लेबल, गोल्ड लेबलको एक मात्र डिलर हुन् । महँगा चकलेट पनि उनैले ल्याउँछन् । विगतमा अर्थमन्त्री युवराज खतिवडाले चकलेट आयातमा लाग्दै आएको ४० प्रतिशत करलाई २० प्रतिशतमा झारिदिएका थिए । बिचौलिया दिपक भट्ट हेनकेन बियरको डिलर हुन् । सुलभ, साहिल अग्रवालहरूले इन्स्योरेन्स र रिइन्स्योरेन्समा हात हालेका छन् ।
नवोदित मारवाडी व्यावसायिक पात्रहरूमध्ये अग्रवालहरूको चकलेट र जोनी वाकरमा एकछत्र राज छ । विराटनगरका साहिल, सुलभका पिता व्यवसायी विष्णु न्यौपानेका अति घनिष्ठ पार्टनर हुन् । उनीहरूले लक्ष्मी स्टील, जगदम्बा स्टीललगायत सिमेण्ट कारखानामा पनि लगानी गरेका छन् । अन्यत्रबाट कमाएको पैसा डेढ दशकमा अग्रवाललगायत मारवाडीहरूले बैंक तथा वित्तीय संस्थामा लगानी गरेको पाइन्छ । यो काममा डलर अर्बपति विनोद चौधरी अरु मारवाडीभन्दा डेढ दशक अगाडि देखिए । किनकि उनले वि.सं. ५० को दशकको मध्यतिर नबिल बैंकमा बंगलादेशमा १ डलरमा खोलिएको एनबी इन्टरनेशल कम्पनीमार्फत मुलुकको प्रचलित कानुनविपरीत लगानी गरिसकेका थिए । पछिल्ला दिनमा विशेषगरी सनराइज, एनएमबी, एनआईसी एसियामा मारवाडी व्यवसायीहरूको लगानी रकम धेरै देखिन्छ । आफ्ना सबै खालका व्यवसायमा सहयोग पु¥याउने उद्देश्यले उनीहरूले एक एक वटा बिजनेस तथा आर्थिक विषयमा कलम चलाउने भन्दै अनलाइनसमेत खोलेका छन् ।
नेपाल बस्दै आएका पुराना मारवाडी समुदायमा विशेषगरी दुगड, सांघाइ, गोल्छा, चौधरी र खेतान हुन् । अशोक अग्रवालको परिवारको व्यवसाय भने बहुदल आएपछि बढ्दै गएर गणतन्त्र आएपछि फस्टाएको पाइन्छ । अशोकका पिता जगदीश विराटनगरका हुन् । उनको एमाले नेता तथा पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीसँग निकट सम्बन्ध थियो । अधिकारीसँग विनोद चौधरीको पनि उस्तै अच्छा सम्बन्ध थियो । जगदीश अग्रवालका तुलसी अग्रवाललगायत तीन दाजुभाइ हुन् । जगदिशका छोरा अशोक अग्रवाल विशेषगरी इम्पोर्ट एक्सपोर्ट बिजनेसमा संलग्न छन् । राजधानीमा खुलेको बिग मार्ट ग्रोसरी आउटलेटमा पनि जगदिशहरूको लगानी रहेको बताइन्छ । काका तुलसी अग्रवाल एनआइसी एसियाका अध्यक्ष हुन् ।
तुलसीको छोरो अंकित अग्रवालले अहिले चिनियाँ कम्पनी एमजी विद्युतीय गाडीको आधिकरिक डिलरसीप लिएका छन् । विष्णु अग्रवालको भागमा यामाहा मोटरसाइकलको डिलरशीप छ । उनी नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्ष र सर्वोत्तम सिमेण्ट कारखानाका मालिक पनि हुन् ।
टिप्पणीहरू