पूर्वराजा ज्ञानेन्द्रको होटलले सर्वोच्चको आदेश नमान्ने

पूर्वराजा ज्ञानेन्द्रको होटलले सर्वोच्चको आदेश नमान्ने

सोल्टी होटलले यसअघि होटल, रेष्टुरेण्टले ग्राहकसँग लिँदै आएको सेवाशुल्क लिन नपाउने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ । गत बुधवार सर्वोच्चले श्रमिकको नाममा लिईंदै आएको १० प्रतिशत सेवाशुल्क खारेजको आदेश दिएपछि होटल संघर्षमा उत्रन लागेको हो । 

नेपाल पर्यटन तथा होटल श्रमिक संघ,नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियन, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघको संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंको ताहाचलस्थित होटल सोल्टी परिसरमा ‘संघर्षका कार्यक्रम घोषणा सभा’ गरेको छ । 

१० प्रतिशत सेवाशुल्क पुनःस्थापनाको मागसहित समितिले अन्य संघर्षका कार्यक्रम घोषणा गर्ने बताइएको छ । सभामा नेपाल पर्यटन तथा होटल श्रमिक संघका अध्यक्ष खेमराज खड्का,नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका अध्यक्ष लक्ष्मण तिवारी, निवर्तमान अध्यक्ष सूर्यबहादुर कुँवरको उपस्थिति थियो । 

यस्तै, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघका अध्यक्ष कुमार पन्त, निवर्तमान अध्यक्ष तथा इञ्चार्ज माधव पाण्डेय, साना तथा ठूला होटल, रेष्टुरेण्टहरुमा कार्यरत कर्मचारी तथा श्रमिकलगायत झण्डै चार सयको सहभागिता रहेको सोल्टी होटलका कर्मचारीहरुले जानकारी दिएका छन् ।

टिप्पणीहरू