विश्रामपुरका श्यामकिशोर पैसाको झोलासहित फेला

विश्रामपुरका श्यामकिशोर पैसाको झोलासहित फेला

पर्सामा स्रोत नखुलेको २० लाख नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको बिश्रामपुर गाउँपालिका–४ का २७ वर्षीय श्यामकिशोर प्रसाद साह पैसासहित समातिएका हुन् । 

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले उनलाई वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकमसहित फेला परेका थिए । 

हाल उनीउपर बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू