रविले आज मिडियासङ्ग सीधा कुरा गर्ने

मन्त्री पदमा बहाल रहँदासम्म मिडियाबाट पन्छिदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज मिडिया भेला गर्न लागेका छन् । गृह मन्त्रालयको विवादले सत्ता गठबन्धनमा खटपट परेका बेला उनले आज दिउँसो पत्रकारसँग कुरा गर्न लागेका हुन् ।
सर्वोच्च अदालतले आफ्नो नागरिकता अवैध ठहर गरेपछि गृहमन्त्री पदबाट बाहिरिएका लामिछाने पुन: सोही पदमा पुनर्स्थापित हुन चाहन्थे । तर,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रास्वपालाई गृह दिन तयार नभएपछि सरकार छोड्ने चेतावनी दिए पनि सो पार्टीले निर्णय गर्न भने सकेको छैन ।
यसबारे निर्णय गर्न हिजो र अस्ति बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक अनिर्णित भएको थियो । आज पुन: बैठक बस्दैछ । पार्टीको बैठकलगत्तै लामिछानेले छुट्टै आफ्ना कुरा राख्ने तयारी गरेका हुन् ।
'पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ,त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्,सुनुन्', उनले फेसबुकमा लेखेका छन् ।
टिप्पणीहरू