घाँस काट्न गएकी धनलक्ष्मी लडेर बितिन्

घाँस काट्न गएकी धनलक्ष्मी लडेर बितिन्

बझाङमा घर नजिकैको रुखबाट लडेर एक महिलाको ज्यान गएको छ । 

खप्तडछान्ना गाउँपालिका–१, कौवागढीकी ५४ वर्षीया धनलक्ष्मी देवीको रुखबाट लडेर आज बिहान मृत्यु भएको हो । प्रहरीका अनुसार उनी घर नजिकैको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् । 

तत्काल उनलाई उपचारार्थ जिल्ला अस्पताल बझाङ पुर्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

टिप्पणीहरू