एमाले अध्यक्ष र प्रधानमन्त्रीबीच बालुवाटारमा वार्ता जारी

एमाले अध्यक्ष र प्रधानमन्त्रीबीच बालुवाटारमा वार्ता जारी

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ बिहान साढे ९ बजे त्यहाँ पुग्नुभएको हो । अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच साढे ९ बजेदेखि भएको वार्ता अहिले पनि जारी रहेको बताइन्छ । 

यसअघि हिजो पनि उहाँहरुबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । सिंहदरबारको छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पनि उपस्थिति थियो । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छुट्टै भेटवार्ता पछिल्लो पटक अस्ति बिहान बालुवाटारमा भएको थियो ।

टिप्पणीहरू