राष्ट्र बैंक सञ्चालक समिति बैठक जारी, दिउँसो महत्वपूर्ण निर्णय हुने !

राष्ट्र बैंक सञ्चालक समिति बैठक जारी, दिउँसो महत्वपूर्ण निर्णय हुने !

नेपाल राष्ट्र बैंकले आज दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ । गत साउनमा जारी आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको समीक्षाको निम्ति अहिले बैठक राखिएको बताइएको छ ।

राष्ट्र बैंकका अनुसार आजको बैठकमा मौद्रिक नीतिको समग्र समीक्षा गरिनेछ । यसबीचमा नीति कार्यान्वयनको सन्दर्भमा उठेका कतिपय विषयलाई बैठकले सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

बैंकिङ क्षेत्रमा बचतको तुलनामा ऋणको माग घटेको, यसअघिका ऋणीबारे गुनासाहरु आइरहेको, तरलता बढेपनि ब्याज घट्न नसकेको सन्दर्भमा नेपाल राष्ट्र बैंकले महत्वपूर्ण निर्णय गर्ने व्यवसायीहरुको आशा छ ।

टिप्पणीहरू