दोहा जान लागेका नेपालीसँग थुप्रै डलर र रियाल

दोहा जान लागेका नेपालीसँग थुप्रै डलर र रियाल

कतारको राजधानी दोहा जान लागेका एक जना नेपाली यात्रुको साथबाट निकै धेरै अमेरिकी डलर र कतारी रियाल फेला परेको छ । हिजो राति ११ बजे नेपाल एअरलाइन्सको उडान नम्बर आरए २३९ बाट दोहा प्रस्थान गर्न लागेका मोहम्मद अब्बास राइनको साथबाट ती विदेशी मुद्रा फेला परेको बताइएको छ ।

सिरहा नगरपालिका १२ घर भएका र ०९८७८९११२८ नम्बरको राहदानी बोकेका ४० वर्षे राईनलाई विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियामा ती मुद्रासहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनको शरीर चेकजाँच गर्ने क्रममा साथबाट ३ हजार ६४१ अमेरिकी डलर र १८ हजार ३२४ कतारी रियाल फेला परेको बताइएको छ । उनलाई राति नै थप अनुसन्धानको निम्ति प्रहरी वृत्त गौशाला पठाइएको हो ।

 

टिप्पणीहरू