राष्ट्रपति अख्तियारमा, प्रधानमन्त्री कृष्ण मन्दिरमा

राष्ट्रपति अख्तियारमा, प्रधानमन्त्री कृष्ण मन्दिरमा

राष्ट्रपति विद्यादेवी भण्डारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानुभएको छ । उहाँ आज बिहान आयोग परिसरमा आयोजित विशेष कार्यक्रममा सहभागी हुनुभएको हो । आज आयोगले आफ्नो ३२औं वार्षिकोत्सव मनाउने क्रममा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीलगायत उच्च पदस्थ सरकारी अधिकारीहरु सहभागी हुनुभएको हो । 

‘मिलेर फालौं भ्रष्टचारको जालो, सुशासन प्रवद्र्धनमा गरौं हातोमालो’ नाराका साथ आयोगले वार्षिकोत्सव मनाइरहेको छ । आयोगको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयमा बिभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाएको बताइएको छ ।

आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबजारस्थित कृष्ण मन्दिर पुग्नुभएको छ । प्रधानमन्त्री दाहाल न्यकु जात्रा मतयाः व्यवस्थापन समिति क्षेत्र नम्बर २ ललितपुरले आयोजना गर्न लागेको कार्यक्रममा जानुभएको हो । 

समितिले प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा न्यकु जात्रा मतया व्यवस्थापन समितिको रजत जयन्ती समारोह आयोजना गरेको हो ।

टिप्पणीहरू