क्वारेन्टाइनले रोक्यो, भ्यालेन्टाइन्सको फूल

क्वारेन्टाइनले रोक्यो, भ्यालेन्टाइन्सको फूल

पर्सि विश्वभर प्रणय दिवस (भ्यालेन्टाइन्स डे) मनाईंदैछ । प्रणय दिवसको एक साता अघिका प्रायः दिनलाई विभिन्न नाम दिइएको छ । प्रपोजदेखि चकलेट डेसम्म मनाइएको छ । पर्सि भ्यालेन्टाइन्स डेको दिन रातो गुलाफको माग संसारभर उच्च हुने गरेको छ ।

यो समयमा नेपालमा पनि पछिल्ला वर्षदेखि गुलाफको फूलको माग ह्वात्तै बढ्दै आएको छ । नेपालमा आन्तरिक उत्पादनले नपुगेपछि भारतबाट आयात गर्ने गरिएको छ । भारतीय गुलाफको फूलको आयात रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले निर्देशन जारी गरेको छ । भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्यामा उक्त केन्द्रले मुलुकका १५ वटा भन्सार नाकास्थित क्वारेन्टाइन कार्यालयलाई पठाएको सर्कुलरमा अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयातमा रोक लगाएको उल्लेख छ ।

 

केन्द्र प्रमुख सावित्री बरालले अन्य कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाफको फूल आयात गर्नका लागि आयात अनुमति पत्र जारी नर्गनुहुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।’

 

टिप्पणीहरू