भोलि मुलकभरका स्वास्थ्य सेवा बन्द हुने

भोलि मुलकभरका स्वास्थ्य सेवा बन्द हुने

नेपाल चिकित्सक संघले भोलि मुलुकभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । भोलि सबै सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ ।

संघले हिजो राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीको समयमा प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको विरोधमा उक्त कार्यक्रम तय गरेको हो । आज प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘२०७९ माघ २७ गते नेपाल चिकित्सक संघका आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

टिप्पणीहरू